Previous slide
Next slide
Nepal Indigenous Peoples’ Yakkha Organization (NIYO)

१.पृष्ठभूमि Background : – 

बहुजाति, बहुभाषी, बहुसंस्कृति, बहुधर्मि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका आदिवासी/ जनजाति मध्येका याक्खा जाति एक हुन् | नेपालको संबिधान २०७२ को धारा ३०६ मा उल्लेख भए बमोजिम अल्पसंख्यक रूपमा रहेको याक्खा जाति, आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूचिमा समेत सूचिकृत छ | याक्खा जतिको जनसंख्या राष्ट्रिय जनगणना बि.सं. २०५८ अनुसार १७,००३ एवं  साक्षरता ६४.१ प्रतिशत रहेको छ  | पूर्वी नेपालको धनकुटाको उत्तरी क्षेत्र एवं  संखुवासभाको दक्षिणी क्षेत्र उदगमस्थल मूलथलो भएका याक्खा जाति, याक्खा भाषी काठमाडौ उपत्यका लगाएत ४४ जिल्लामा बसोबास रहेको उल्लेख छ | यसैगरी याक्खा जातिका बालबालिकाहरू प्राथमिक बिद्यालय देखि माध्यमिक तहसम्म अध्ययन गर्ने अर्थात् स्कुल जाने विद्यार्थीको संख्या ६,९१५, (एस.एल.सी.) उत्तीर्ण गर्नेको संख्या ८७८, स्नातक उत्तीर्ण गर्नेको संख्या ८९ समेत जनगणनामा  उल्लेख गरिएको छ | नेपालको राष्ट्रिय जनगणना बि.सं. २०६८ अनुसार याक्खा जातिको कूल जनसंख्या जम्मा २४,३३६/-  याक्खा मातृ भाषा उल्लेख गराउनेको संख्या १९,५५८ /-  रहेको छ |

(Nepal Indigenous Peoples’ Yakkha Organization (NIYO).

बि.सं. २०५७ अर्थात् २१ फेब्रुरी २००१ मा स्थापना भएको नेपाल आदिवासी याक्खा संघश्री रामजी कोङरेनको संयोजत्वमा सदस्यहरू – श्री बिजय देवानश्री मन्जु देवानश्री जितेन्द्र देवानश्री मदन जिमीश्री शान्त जिमी, श्री हर्क जिमी लगाएत संस्थापक हुनुहुन्छ |

उक्त संस्था आदिवासी याक्खा जाति, याक्खा भाषा, लिपि, कला, धर्म, संस्कृतिको संरक्षण सम्बर्द्धन गर्नुको साथै सामाजिक तथा यस संग सम्बन्धित विभिन्न कार्यक्रमहरू संचालन गर्दै नेतृत्वको बिकाश गर्ने, एवं मुलुक भित्र र बाहिरका समुदाय संग सदभावना अभिवृद्धि गरी देश बिकाशमा सहयोग पुर्याउने उद्देश्यले संघ/संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भई समाज कल्याण परिषदमा समेत आबद्द छ | संघको केन्द्रीय कार्यालय काठमाडौमा रहेको छ |

Read More…….

 

 
Founder & Scholar :

रामजी कोङरेन

संस्थापक केन्द्रीय अध्यक्ष-  नेपाल आदिवासी याक्खा संघ, केन्द्रीय समिति एवं

संरक्षक कुलपति-  याक्खा भाषा-साहित्य प्रतिष्ठान काठमाडौ |

पूर्ब अध्यक्ष :– नेपाल आदिवासी/जनजाति महासंघ, संघीय परिषद केन्द्रीय कार्यालय काठमाडौ  (बि.सं. २०५८/०४/०१ देखि २०५९/०३/३१ सम्म महासंघको चौथो  कार्य समिति) |

संयोजक :– महासंघको छैटौ राष्ट्रिय महाधिबेशन बि.सं. २०६३ मा महासंघको बिधान बि.सं.२०४७ – २०५३ लाई संशोधन एवं परिमार्जन गर्न बिधान मस्यौदा समितिको संयोजक भई बिधान संशोधन एवं स्वीकृत गराई महासंघलाई संगठनात्मक, भौगोलिक, लैंगिक रूपमा समाबेशी र लोकतान्त्रिक विधि सम्मत बनाउने एक व्यक्तित्व हुनुहुन्छ | (महासंघमा नेपाल सरकार आ.ज.उ.प्रतिष्ठान ऐन, २०५८ मा सूचिकृत मध्येका ५६ वटा बिभिन्न आदिवासी/जनजाति संघ/संस्थाहरू आबद्धछन्) | 

राष्ट्रिय सदस्य :- अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ कार्यान्वन राष्ट्रिय कार्यदल, बि.सं. २०६६, नेपाल सरकार |

याक्खा जाति, भाषा, संस्कृतिको क्षेत्रमा गर्नु भएको योगदान सम्बन्धमा :

बहुजाति, बहुभाषी, बहुसंस्कृति, बहुधर्मि भएको मुलुक भित्रका बिभिन्न जाति, भाषा, धर्म, संस्कृतिको संरक्षण, सम्बर्द्धन गर्न तत्कालिन प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइरालाको नेत्तृत्वमा बनेको सरकारबाट स्थानीय विकास मन्त्रालय अन्तर्गत जनजाति बिकास समिति गठन आदेश- बि.सं. २०५४ जारी गर्दै बिभिन्न ६१ जनजातिहरूलाई सूचिकृत गरिएको थियो |

READ MORE….