Founder & Scholar

“ Founder President of NIYO and Yakkha Language & Culture Scholar”

रामजी कोङरेन

संस्थापक केन्द्रीय अध्यक्ष-  नेपाल आदिवासी याक्खा संघ, केन्द्रीय समिति एवं

संरक्षक कुलपति-  याक्खा भाषा-साहित्य प्रतिष्ठान काठमाडौ |

पूर्ब अध्यक्ष :– नेपाल आदिवासी/जनजाति महासंघ, संघीय परिषद केन्द्रीय कार्यालय काठमाडौ  (बि.सं. २०५८/०४/०१ देखि २०५९/०३/३१ सम्म महासंघको चौथो  कार्य समिति) |

संयोजक :– महासंघको छैटौ राष्ट्रिय महाधिबेशन बि.सं. २०६३ मा महासंघको बिधान बि.सं.२०४७ – २०५३ लाई संशोधन एवं परिमार्जन गर्न बिधान मस्यौदा समितिको संयोजक भई बिधान संशोधन एवं स्वीकृत गराई महासंघलाई संगठनात्मक, भौगोलिक, लैंगिक रूपमा समाबेशी र लोकतान्त्रिक विधि सम्मत बनाउने एक व्यक्तित्व हुनुहुन्छ | (महासंघमा नेपाल सरकार आ.ज.उ.प्रतिष्ठान ऐन, २०५८ मा सूचिकृत मध्येका ५६ वटा बिभिन्न आदिवासी/जनजाति संघ/संस्थाहरू आबद्धछन्) |

राष्ट्रिय सदस्य :- अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ कार्यान्वन राष्ट्रिय कार्यदल, बि.सं. २०६६, नेपाल सरकार |

——————————————————————————

याक्खा जाति, भाषा, संस्कृतिको क्षेत्रमा गर्नु भएको योगदान सम्बन्धमा :

—————————————————————————

बहुजाति, बहुभाषी, बहुसंस्कृति, बहुधर्मि भएको मुलुक भित्रका बिभिन्न जाति, भाषा, धर्म, संस्कृतिको संरक्षण, सम्बर्द्धन गर्न तत्कालिन प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइरालाको नेत्तृत्वमा बनेको सरकारबाट स्थानीय विकास मन्त्रालय अन्तर्गत जनजाति बिकास समिति गठन आदेश- बि.सं. २०५४ जारी गर्दै बिभिन्न ६१ जनजातिहरूलाई सूचिकृत गरिएको थियो |

तर याक्खा जातिलाई सूचिकृत गरिएको थिएन | जनजाति बिकास समिति गठनले सरकारबाट  नीतिगत रूपमा बिभिन्न भाषा, सस्कृतिको संरक्षण, सम्बर्द्धन गर्ने कार्यको पहिलो थालनी शुरूवात  भएको मानिन्छ  |

नेपालको राष्ट्रिय जनगणना बि.सं.२०५८ अनुसार कूल जनसंख्याको ३७.२ प्रतिशत रहेका आदिवासी/जनजातिहरूको उत्थान र बिकासका लागि तत्कालिन प्रधानमन्त्री श्री शेर बहादुर देउवाको नेतृत्वमा बनेको सरकारले त्यहि जनजाति बिकास समितिलाई स्थायी रूपमा रूपान्तरण गर्न आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनको मस्यौदित विधेयकलाई संसदमा छलफल एवं पारितका लागि पेशगर्ने तयारी गरेको थियो | त्यसको लागि सरकारले माननीय सांसद श्री कोमल घलेको संयोजकत्वमा आदिवासी/जनजाति सूचिकरण सिफारिस कार्यदल – बि.सं. २०५७ गठन गरेको थियो |

सो सिफारिस कार्यदलले प्रस्तावित बिधेयक (ऐन)को परिभाषा भित्र पर्ने समुदायहरूलाई सूचिकरणका लागि मानबशास्त्री/समाजशास्त्री, भाषाविद र कानुनविदहरू संगको छलफल र निष्कर्ष पश्चात आदिवासी/जनजाति सूचिको प्रतिबेदन पेश गरेको थियो | जसको फलस्वरूप आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुसूचिमा ५९ जाति सूचिकृत गरिएकाछन् | भाषाविद एवं कानुनविद श्री रामजी कोङरेनको बिशेष जोडमा याक्खा जाति सूचिकृत भएको हो | (कान्तिपुर राष्ट्रिय दैनिक २०७३ माघ ८, आदिवासी/जनजाति सिफारिस कार्यदल बि.सं.२०५७)

कृति लेखन तथा प्रकाशन :

१. भाषाविद एवं कानुनविद श्री रामजी कोङरेनको बिशेष जोडमा याक्खा जातिलाई आ.ज.उ.रा.प्रतिष्ठान ऐन २०५८को अनुसूचिमा सूचिकृत गराउनुको साथै बि.सं.२०६३ (Feb, 2007) मा ऐतिहासिक पहिलो याक्खा- नेपाली- अंग्रेजी शब्दकोश तयार गरी प्रकाशित शब्दकोश भित्र स्वर बर्ण, ब्यन्जन बर्ण सहित शब्दको रूपावली, मौलिक  याक्खा भाषाका शब्दहरू सहित जातिको परिचय, उदगमस्थल, भाषिक क्षेत्र, भाषा र भाषिका, शब्दकोशको खाँचो, याक्खा भाषाको बिशेषता, लेख्य परम्परा, याक्खा भाषाको सामान्य रूप र धातु रूप, उच्चारण विराम चिन्ह, याक्खा भाषाको अन्तमा आउने बर्ण चिन्हहरू, याक्खा भाषाका केहि सन्धि र लघुत्तम युग्मा आदि समेत समेटिएको शब्दकोश प्रकाशित छ |

२. बि.सं. २०६४ (July, 2007) मा श्री रामजी कोङरेनद्वारा तयार गरी प्रकाशित आदिवासी याक्खा जातिको संस्कार र संस्कृति नेपाली-अंग्रेजी अनुबाद सहितको पुस्तकमा आदिवासी सम्बन्धि परिभाषा,  याक्खा जातिको नामाकरण, याक्खा जातिको बसोबास, जनसंख्या, याक्खा जातिमा साइनो, चाड-बाड, सांस्कृतिक नाँच, सामाजिक संस्कार (जन्म,न्वारन,बिबाह,सैमुन्द्री, बिदाबारी,मृत्यु) र धार्मिक क्रियाकलाप आदि बिषय बस्तुको उल्लेख गरिएको छ | यसको साथसाथै पेशा, खानपिन, भेष-भूषा, परम्परा लगायत याक्खा जाति संग सम्बन्धित विषयहरूको चर्चा गरिएको छ |

३. बि.सं.२०६५ मा श्री रामजी कोङरेनद्वारा तयार गरिएको याक्खा भाषाको ब्याकरण पठन-पाठन भई रहेका बिद्यालयहरूमा मार्ग निर्देशनको रूपमा रहेको छ |

४. बि.सं. २०६६ देखि श्री रामजी कोङरेनको पहलमा याक्खा भाषाको संरक्षण र बिकासका लागि  नेपाल सरकार शिक्षा मन्त्रालय, पाठ्यक्रम बिकास केन्द्र सानोठिमी भक्तपुरबाट कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्य-सामाग्रीहरू प्रकाशित भई प्राथमिक तहका बिद्यालयहरूमा पठन-पाठन समेत हुँदै आएको छ  |

५. बि.सं.२०६७ मा श्री रामजी कोङरेनद्वारा तयार गरी प्रकाशित याक्खा जातिको चिनारी (जातिशास्त्रीय विवरणिका) Ethnograpfhic Profile पुस्तकमा जातीय पहिचान, भूगोल, परिवार, थर र बिशिष्ट शब्दावली, धार्मिक परम्परा र चालचलन, जन्म देखि अन्त्येष्ठी सम्म, आर्थिक अवस्था, सांस्कृतिक सम्पदाहरू, मातृभाषा तथा शिक्षाको अवस्था, स्वास्थ्य र परामर्श स्थिति आदिका बारेमा उल्लेख गरिएको छ |

६. यसैगरी याक्खा जातिको परिचय  बि.सं.२०५६, याक्खा भाषामा कविता राष्ट्रिय भाषा कविता संगालो  बि.सं.२०६०, याक्खा जातिका सांस्कृतिक  नृत्य (केइ लाक, चावाक लाक) को छायाँङ्कन डकुमेन्ट्री बि.सं.२०६१ आदि लेखन, निर्देशन तथा सम्पादन समेत गर्नु भएको छ |

धन्यबाद |